
९ असार,
बाँके । आज सेयर बजार नेप्से परिसुचक ४५.२५ अंकले घटेको छ ।
सेयर बजार अघिल्लो बुलको सबैभन्दा उच्च बिन्दु १८८१ (१२ साउन २०७३) लाई पनि मिच्दै १८४८ बिन्दुमा आएर रोकिएको छ ।
सबै उपसमूहहरु राताम्य रहेको बिहीबार जलविद्युत, विकास बैंक, लगानीसहितका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
बिहीबार कुल २३७ वटा कम्पनीको ३३ हजार ४६० वटा कारोबारबाट ५० लाख ८ हजार ७७१ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब ४९ करोड ९७ लाख ९ हजार ६३५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
घट्दो बजारमा पनि आँधीखोला लघुवित्तको सेयरमा पोजेटिभ सर्किट लाग्यो । यसको मूल्य ९६०.७० रुपैयाँ पुगेको छ ।
बिहीबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा शिवश्री हाइड्रो रह्यो । ९.५६ प्रतिशत कम भएको यो कम्पनीको मूल्य २२७ रुपैयाँमा झरेको छ ।






