१ वैशाख,

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका लागि कांग्रेसले १४ जनाको नाम सिफारिस गरेको छ । भने उपमेयरमा ११ जनाको नाम सिफारिस गरिएको छ।

नेपालगञ्ज नगर सभापति प्रशान्त विष्टले कांग्रेसको केन्द्रीय परिपत्र अनुसार माथिल्लो तहमा नाम सिफारिस गरिएको बताए ।

मेयरमा रमेश कुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनिल राणा, निरञ्जनसिंह सिजापति, डा.सुरेश कुमार कनोडिया, माया पुन, अजित कुमार शर्मा, रविन्द्रमान श्रेष्ठ, विरेन्द्र बहादुर शाह, अच्युत प्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम सिफारिस गरिएको छ ।

यस्तै उपमेयरमा रेणु सिंह ठाकुर, दिक्षा कोइराला, रत्न राणा, शिव कुमार बर्मा, पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायणी रुपाखेती, मो.कमाल अन्सारी, गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ता सिफारिस भएका छन् ।

कांग्रेस विधान अनुसार उपमहानगरपालिकाको टिकट वितरणको अधिकार प्रदेश संसदीय समितिलाई छ ।

मेयरमा लागि काँग्रेसबाट नै एक जनाले टिकट पाउने पक्का पक्की भएको छ भने उपमेयरका लागि सत्ता गठबन्धनले गर्दा अरूले नै टिकट पाउने सम्भावना रहेको एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख