
१ चैत,
बाँके । नेबी संघले बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा ५० जना को कार्यसमिति गठन गरेको छ ।
संघठन विस्तारका क्रममा उक्त क्याम्पसमा अध्ययनरत विएड दोस्रो सेमस्टरका विद्यार्थीहरुको कार्यसमिति गठन गरिएको हो ।
सोही क्रममा नेवि संघ बागेश्वरी क्याम्पसको कक्षा कमिटी अध्यक्षमा छवि मल्ल चयन भएका छन । उपाध्यक्षमा कृष्णा चन्द, सचिवमा दिपेन्द्र रानामगर, यम कुमारी खत्री, सहसचिवमा दिपा सिंह ठकुरी र पुर्णिमा थापा चयन भएका छन ।

यस्तै कोषाध्यक्षमा विपना थारु लगायतका ५० जनाको सदस्य कार्य समिति गठन गरिएको नेवि संघका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

सो कार्यक्रममा नेविसंघका अध्यक्ष राम प्रसाद पाण्डे, सचिव उपेन्द्र विष्ट, उपाध्यक्ष डिलि रावल, जिल्ला सदस्य नारायण काफ्ले, विपि कोइराला स्कुल अफ पब्लिक पोलिसि बाँकेका जिल्ला प्रवक्ता नेविसंघका नेता युवराज विष्ट, युवा विद्यार्थी नेता मनोज वलीको उपस्थिति रहेको थियो ।

नव नियुक्त सदस्यहरुलाई अध्यक्ष राम प्रसाद पाण्डे, नेविसंघका नेता युवराज विष्ट लगायतका त्यहाँ उपस्थित सबैले बधाई एवम सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।






