
१ चैत,
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले एक्लै चुनाव लडन सक्षम रहेको बताएका छन ।
अखिल नेपाल महिला संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक्लै चुनाव लड्न सक्षम रहेको बताएका हुन ।
स्थानीय तहको निर्वाचनमा हामी ६० देखि ७० प्रतिशत सिट जित्न सक्छौं, उनले भने, पालिका वा सिटका हिसाबले यति जित्नका लागि हामी एक्लै सक्षम छौं।’
मोहन वैद्य नेतृत्वको पार्टीले चुनाव बहिष्कार गर्ने समाचार सुनेको भन्दै ओलीले कतै जित्ने स्थिती नभएपछि यस्तो फण्डा गरिएको टिप्पणी गरे ।
कतिपय बुद्धिजीवीले कम्युनिष्ट एकता नभए सकिन्छन् भनेर बेकारको कुरा गरिरहेको भन्दै ओलीले नामका कम्युनिष्ट पार्टीले मात्रै केही नहुने बताए ।






