
२३ असोज,
बाँके । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिदका क्रममा १२ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले तत्कालीन उपकुलपति डा. संगीता भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाएको छ। प्रमुख प्रतिवादी डा. भण्डारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारीकी बहिनी हुन्। हाल उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका रूपमा कार्यरत छन्।
अख्तियारका अनुसार राप्ती प्रतिष्ठानले करिब ११ करोड रुपैयाँमा लुम्बिनी हेल्थकेयरसँग एमआरआई मेसिन खरिद गर्दा मिलेमतोमा मूल्य महँग्याई अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो।











