१४ मंसिर,

दाङ । दाङमा एक जनाको मृत अवस्थामा शव फेला परेको छ ।

दाङ जिल्लाको लमही नगरपालिका वडा नं. ५ शिव मन्दिर नजिकै एक घरको च्यानल गेटमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

अन्दाजि ३५÷४० वर्षका पुरुषको शव मंगलवार विहान करिब ३ बजेतिर फेला परेको हो।

प्रहरीका अनुसार, शवको पहिचान खुलेको छैन । उक्त शव लमही अस्पतालको शव गृहमा राखिएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर