१४ मंसिर,

कतार सरकारले कोरोना महामारीसँग जुध्न नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ।

कतारका आमिर शेख तामिम विन हमाद अल थानीले कोरोना महामारीसँग जुध्न नेपाललाई आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउनु भन्ने आदेश बमोजिम कतार फण्ड फर डेभलपमेन्टले ५० वटा भेन्टिलेटरसहित स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

टर्किस एयरलाइन्सबाट काठमाडौ पठाइएको भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री कतारी राजदुतावासका कन्सुलर नासर विन घानिम अल–घानिम अल–मादिदले स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजंग रायमाझि मार्फत सोमबार एक कार्यक्रममा नेपाल सरकारलाई हस्तान्तरण गरे ।

स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर पवनजँग रायमाझीले कतार सरकारलाई धन्यवाद दिए

प्रतिक्रिया

सम्बन्धित खवर