१४ मंसिर,

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वावसको मत लिँदै छन ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहीले नियुक्त भएको २८औं दिनमा आज मंगलबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन ।

कांग्रेस प्रदेशसभा संसदीय दलका नेता शाही पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्ता हस्तान्तरण गरेपछि गत कात्तिक १६ गते मुख्यमन्त्री नियुक्त भएका हुन ।

बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर