
२२ चैत्र,
बाँके । बालबालिकासम्बन्धी मुद्दामा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा हिरासतबाट मुक्त भएकी छन्।
जिल्ला अदालत काठमाडौँले अनुसन्धानलाई निरन्तरता दिन उनलाई थुनामा नराख्ने आदेश जारी गरेको छ।
एक बालिकालाई घरमा राखेर बालश्रम गराएको भन्ने शर्मामाथि आरोप थियो। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले तयार गरेको रायमा ‘मुद्दा चलाउन नपर्ने’ सिफारिस गरेको थियो।
यो फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको थियो।
अदालतका न्यायाधीश जगतबहादुर पौडेलले पेश गरेको आदेशमा पहिले नै मुद्दा नचलाउने निर्णय भइसकेकाले हिरासतमा राख्न आवश्यक नभएको उल्लेख छ।










