
२२ चैत्र,
बाँके – सम्पत्ती शुद्धीकरण कसुरमा पक्राउ परेका जगदम्बा ग्रुपका अध्यक्ष शंकर अग्रवालका छोरा सुलभ अग्रवाल पनि पक्राउ परेका छन्।
शुक्रबार दिउँसो शंकर पक्राउ परेका थिए भने सोही दिन राती छोरा सुलभ पनि पक्राउ परेका हुन्। उनी भैरहवाबाट पक्राउ परेका हुन्। हाल उनीहरूमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।
व्यापारी दीपक भट्ट पक्राउ परेपछि उनीहरू अग्रवाल परिवार पनि सम्पत्ति शुद्धीकरण कसुरमा तानिएको हो।
सुलभ २०७६ सालमा कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परी छुटेका थिए।









