
१५ चैत्र,
बाँके : बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवती उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजेको समयमा करिब २५–३० वर्षीया युवती आगोले जलेर घाइते अवस्थामा फेला परेकी थिइन्।
उपचारका लागि तत्काल भेरी अस्पताल पुर्याइए पनि, उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी पातलीले दिए।
हालसम्म मृतकको पहिचान हुन सकेको छैन र शव भेरी अस्पतालमै राखिएको छ। घटनाको कारण स्पष्ट नहुँदा अनुसन्धान जारी रहेको छ।









