११ चैत्र,

बाँके — कुलमान घिसिङले नयाँ बन्न लागेको सरकारमा आफ्नो सहभागिताबारे भइरहेका चर्चालाई पूर्ण रूपमा अस्वीकार गरेका छन्।

सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा आफू मन्त्री बन्न लागेको भन्ने विषयमा भइरहेको टीकाटिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले ती सबै कुराहरू भ्रम मात्र रहेको स्पष्ट पारे।

अध्यक्ष घिसिङले गैरसांसद व्यक्ति मन्त्री बन्न नसक्ने कानुनी प्रावधानतर्फ संकेत गर्दै आफू पनि जनादेशविपरीत कुनै ‘वैकल्पिक बाटो’ अपनाएर सांसद बनेर मन्त्री बन्ने पक्षमा नरहेको बताए।

उनले भने, “जनताबाट प्राप्त जनादेश विपरीत अन्य कुनै पनि वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न सकिँदैन।”

उनका अनुसार हाल आफ्नो सम्पूर्ण ध्यान पार्टी संगठन सुदृढीकरणमा केन्द्रित रहेको छ। साथै, हालै सम्पन्न निर्वाचनको परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर उज्यालो नेपाल पार्टी लाई अझ सशक्त बनाउने अभियानमा आफू लागिरहेको उनले उल्लेख गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख