९ चैत्र,

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले अवैध रूपमा भारतबाट भन्सार छलि ल्याइएको सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बाँके जिल्लाका विभिन्न स्थानबाट तस्करी गरी ल्याइएका लत्ताकपडा,केरा लगायतका सामानहरू बरामद गरिएको हो। बरामद गरिएका सामानहरूको अनुमानित मूल्य रु. ६२ हजार ९ सय रहेको जनाइएको छ।

उक्त सामान नियन्त्रणमा लिएपछि आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगन्ज, बाँकेमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले भन्सार छलि हुने गतिविधि नियन्त्रणका लागि निगरानी थप कडा बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख