८ फागुन,

दाङ — दाङको तुलसीपुर उप–महानगरपालिका–५ स्थित बिरेन्द्र चोकमा नेकपा (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

फागुन ७ गते राति करिब ९:३० बजे रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा आयोजित स्वागत कार्यक्रममा सहभागी भीडका बीच केही अपरिचित व्यक्तिहरूले एमालेको झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

उक्त घटनाको अनुसन्धानका क्रममा संलग्न रहेको पहिचान भएपछि तुलसीपुर उप–महानगरपालिका–७ कालाखोला बस्ने ५५ वर्षीय बुद्धि बहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम वोहराले समाजमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भावमा खलल पुग्ने यस्ता गतिविधि नगर्न र सबै पक्षलाई संयमित तथा जिम्मेवार बन्न आग्रह गरेका छन्।

नेकपा एमालेको नेशनल भोलेन्टियर्स फोर्सले रास्वपाका शीर्ष नेताबाट एमाले नेतृत्वमाथि अनावश्यक लाञ्छना लगाइएको र पार्टीको झण्डा समेत जलाइएको भन्दै प्रशासनले कारबाही नगरे प्रतिवादमा उत्रिने चेतावनी दिएको छ।

भने यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दाङमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झन्डा जलाइएको भनिएको घटना भ्रमपूर्ण र नियोजित प्रचार भएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख