
८ फागुन,
काठमाडौं : नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। एमालेले बिहिबार एक कार्यक्रम आयोजना गरि डिजिटल्ली रुपमा चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।
एमालेले १८ देखि २८ वर्षका युवालाई एक वर्षसम्म हरेक महिना १० जिबी इन्टरनेट डाटा निःशुल्क दिने पनि घोषणा गरेको छ।
त्यस्तै,स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता सामाजिक सुरक्षासहित व्यवस्था गर्ने एमालेले चुनावी प्रतिबद्धता गरेको छ।












