१ फागुन,

बाँके । नेपालगन्ज – नेपालगन्ज–गुलरिया सडकखण्डअन्तर्गत खजुरा गाउँपालिका नजिकको पेडारी नालाको आसपास आज बिहान कुकर बम फेला परेको छ। बीच सडकमा कालो टेपले बेरिएको अवस्थामा कुकर राखिएको देखिएपछि स्थानीयले सुरक्षाकर्मीलाई खबर गरेका थिए।

सूचना प्राप्त हुनासाथ नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ। बम निष्क्रिय पार्ने कार्यका लागि उक्त सडकखण्डमा सवारी आवतजावत पूर्ण रूपमा रोकिएको छ।

बम फेला परेको स्थान नजिकै पेडारी नालामा पुल निर्माण कार्य भइरहेको छ। बम कसले र किन राखेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन। घटनास्थल वरपर कुनै पर्चा–पम्प्लेट फेला परेको छैन।

नजिकिँदै गरेको निर्वाचनको वातावरणलाई चुनौती दिन उद्देश्यले बम राखिएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख