२६ माघ,

बाँके । बाँके प्रहरीले लागू औषध ब्राउन सुगर जस्तो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह क्षेत्रमा इलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्ज, बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला दाङ गढवा गाउँपालिका–४ निवासी ३० वर्षीय हिमाल के.सी. र दाङ घोराही उपमहानगरपालिका–३ निवासी २७ वर्षीय सरद खड्का रहेका छन्। उनीहरूको साथबाट शुद्ध तौल ४८ ग्राम ब्राउन सुगर जस्तो खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनासम्बन्धी थप अनुसन्धानका लागि सम्मानित बाँके जिल्ला अदालतबाट उनीहरूमाथि ७ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित ख