
२१ भदौ,
बाँके । कर्तव्य पालनका क्रममा नेपाल प्रहरीका नायब निरीक्षक (सई) धनबहादुर थापाको निधन भएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दिया दरबन्दी भई हाल वडा प्रहरी कार्यालय नेपालगन्जमा कार्यरत सई थापा शनिबार बिहान नेपालगन्ज बजार क्षेत्रमा ड्युटीमा रहेका बेला अचानक हृदयघात भएपछि ढलेका थिए। उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
मिलनसार र कर्तव्यनिष्ठ प्रहरीका रूपमा परिचित सई थापा रोल्पाका स्थायीवासी हुन्। उनको असामयिक निधनप्रति प्रहरी संगठनले गहिरो दुःख व्यक्त गरेको छ।










