२७ जेठ,

बाँके । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ स्थित एक जुत्ता चप्पल कारखानालाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले बजार अनुगमनका क्रममा लक्ष्मी फुटवेयर इण्डष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो ।

अधिकतम् मूल्य (एमआरपी) कायम नगरी जुत्ता चप्पल बजारमा विक्रि वितरण गरेको पाइएपछि जरिवाना गरिएको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका प्रमुख हरि बहादुर खत्रीले बताए ।

कुनै पनि सामान उत्पादन गरेपछि अनिवार्यरुपमा त्यसको एमआरपी राख्नुपर्नेमा त्यसो नगरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५, को दफा ३८ को खण्ड (ङ) बमोजिम दुई लाख रुपैयाँ जरिवाना गरिएको खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित ख