बाँके, २०८२ जेठ २१ — बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१४, उदयपुरुवाबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सुराकीको आधारमा लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज बाट खटिएको टोलीले  २१ गते दिउँसो ३:०० बजे उदयपुरुवा क्षेत्रबाट वर्ष १८ का सुनिल खटिक र वर्ष ५८ का सुरत खटिकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, सुनिल खटिकले लगाएको कालो जिन्स पाइन्टको दाहिने खल्तीमा लुकाई राखिएको लागू औषध बरामद गरिएको हो। प्लास्टिक खोलेर प्रमाणित डिजिटल तराजुमा तौल गर्दा खैरो हेरोइन (Heroin) शुद्ध तौल १०३ ग्राम ९०० मिलिग्राम रहेको पुष्टि भएको छ। साथै, घटनास्थलबाट एक थान मोबाइल फोन समेत बरामद गरिएको छ।

पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बाँकेमा बुझाइएको प्रहरीले जनाएको छ।

लागु औषध ब्यूरो बाँकेमा नवीनकुमार शाहीको नेतृत्वमा लागू औषधविरुद्ध कडा अपरेसन सुरु भएको छ ।

स्रोतका अनुसार, नेपालगञ्ज शाखामा प्रमुखका रूपमा नवीनकुमार शाहीको आगमनपछि लागू औषध कारोबार नियन्त्रणमा उल्लेखनीय प्रगति भएको छ। उहाँको नेतृत्वमा लागुऔषधका ठूला अपरेसनहरू लगातार सञ्चालन हुँदै आएका छन्।

स्थानिय र सुराकी प्रणालीलाई सक्रिय बनाउँदै अनुसन्धानलाई थप सशक्त बनाउने रणनीतिका साथ शाहीले नेतृत्व गरेको टोलीले यस क्षेत्रका लागू औषध कारोबारीहरूलाई नियन्त्रित गर्दै आएको जनाइएको छ।

प्रहरीले लागू औषधजन्य अपराधमाथि कडा निगरानी राख्दै सशक्त अभियान जारी राख्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख