दिपेन्द्र थापा क्षेत्री , बाँके
कैलाली जिल्लाको गोदावरी नगरपालिका–१, चैतन्यपुरमा एक गर्भवती महिलाले सडकछेउमै सुत्केरी हुने अवस्था आइपरेको कठिन घडीमा नेपाल प्रहरीले देखाएको संवेदनशीलता र मानवीयता प्रशंसनीय बनेको छ।

खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले ती महिलालाई गम्भीर प्रसव पीडामा रहेको अवस्थामा फेला पारिन्। तत्काल परिस्थितिको मूल्याङ्कन गर्दै उनले नजिकैका स्थानीय बासिन्दासँग सहकार्य गर्दै ती महिलाको उद्धार गरिन्। सुरक्षित स्थानमा पुर्‍याएर आवश्यक सहयोग पुर्‍याउँदै सफलतापूर्वक सुत्केरी गराउन उनले महत्वपूर्ण भूमिका निभाइन्।

प्रहरीको तिव्र प्रतिक्रिया, जिम्मेवारीप्रति निष्ठा, र मानवता देखाउने यो उदाहरणले समुदायप्रति प्रहरीको उत्तरदायित्वलाई झल्काउँछ। महिलाको अवस्था अहिले स्थिर रहेको जनाइएको छ।

स्थानीय बासिन्दा र सुरक्षाकर्मीको समन्वयमा भएको यो कार्य सम्पूर्ण समाजका लागि प्रेरणादायी बनेको छ।

प्रतिक्रिया

सम्बन्धित ख