
८ चैत्र,
बाँके । स्ववियु निर्वाचन नजिकिए संगैअनधिकृत ढंगले फर्जी विद्यार्थी भर्ना गरेको विषयमा मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कोहलपुरको बागेश्वरी बहुमुखी क्याम्पस र बर्दियाको बबई बहुमुखी क्याम्पसमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।
शुक्रबार दुवै क्याम्पसमा विज्ञप्ति जारी गर्दै विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका हुन् ।
स्ववियू र क्याम्पस प्रशासनको मिलोमतोमा स्ववियू निर्वाचन लक्षित अवैधानिक रूपमा विश्वविद्यालय नियम विपरीत रु १००० लिई विद्यार्थी भर्ना गरेको र अनधिकृत ढंगले स्ववियुको नाममा विद्यार्थी भर्ना गरेको बिज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा हेर्नुहोस !