
८ चैत्र,
बाँके । मध्यपश्चिम बिश्वबिद्यालयको आंगिक क्याम्पस कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा अनधिकृत ढंगले स्वतन्त्र बिद्यार्थी युनियन (स्वाबियु) को नाममा बिद्यार्थी भर्ना गरीएको भेटिएको छ । त्यस बखत स्वाबियु सभापति अनेरास्वाबियूका देबेन्द्र बुढा थिए । २०७९ चैत्र ५ गते को स्वाबियु निर्वाचनमा सभापतिमा अनेरास्वाबियूका देबेन्द्र बुढा सहित उनको प्यानल नै निर्वाचित भएको थियो ।
अनधिकृत ढंगले भर्ना गरीएका बिद्यार्थीहरूको समेत स्वाबियु निर्वाचनका लागि प्रकाशित गरीएको मतदाताहरूको नामावलीमा नाम आएपछि निर्वाचनमा होमीएका ५ बिद्यार्थी संगठनले संयुक्त रूपमा बिरोध जनाएका छन ।
अनधिकृत ढंगले स्ववियुका नाममा बिद्यार्थी भर्ना का साथै रु १००० मै बिद्यार्थी भर्ना गरेको र बिद्यार्थी संगठनहरुलाई कुनै पनि जानकारी नदीएकोमा बिरोध जनाउदै अनधिकृत ढंगले भर्ना भएका बिद्यार्थीहरूको नाम हटाई पुन: मतदाता नामावली प्रकाशित गरी निर्वाचन प्रक्रिय आगाडी बढाउन बिद्यार्थी संगठनहरूले माग गरेका छन ।
बागेश्वरी बहुमुखी क्याम्पसमा स्वाबियु निर्वाचनका लागी १० वटा बिद्यार्थी संगठनहरूले दल दर्ता गराएका छन । मध्यपश्चिम बिश्वबिद्यालयले आंगिक क्याम्पसहरूमा स्वाबियु निर्वाचन चैत्र १८ गते तोकेको छ ।
यी हून दल दर्ता गराएका १० वटा बिद्यार्थी संगठनहरू…