बाँकेको कोहलपुर स्थित कौशिलानगर बाट अवैध रूपमा भित्र्याइएका ८०० पिस चल्ला इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएर नष्ट गरेको छ। प्रहरीका अनुसार भारतबाट चोरी पैठारी गरी ल्याइएका ती चल्लाहरू भारतीय नागरिकले रंग लगाएर उन्नत जातका भन्दै गाउँ–गाउँमा बिक्री गरिरहेका थिए।

विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा भारतीय नागरिकलाई पक्राउ गरिएको छ, तर उनको पहिचान भने खुलाइएको छैन। नियन्त्रणमा लिएका चल्लाहरूलाई कोहलपुर नगरपालिका वडा नं. ११ की वडाध्यक्ष कल्पना शर्मा, पत्रकार तथा स्थानीय प्रतिनिधिहरूको उपस्थितिमा खाल्डो खनी नष्ट गरिएको हो।

अवैध रूपमा भारतबाट भित्रिएका कुखुरा, चल्ला तथा अण्डाले जनस्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले प्रहरी प्रशासनले निगरानी बढाउने जनाएको छ। यसअघि पनि भारतीय बजारबाट यस्ता वस्तुहरू चोरी–पैठारी हुने घटनाहरू दोहोरिइरहेको भन्दै स्थानीय प्रशासनले कडाइ गर्ने प्रतिबद्धता जनाएको छ।

प्रहरीले अवैध व्यापारमा संलग्न व्यक्ति तथा गिरोहलाई कानुनी कारबाही गर्ने चेतावनी दिएको छ। साथै, पशुपंक्षीसम्बन्धी व्यापार गर्दा आवश्यक स्वास्थ्य मापदण्ड पूरा गर्न तथा कानुनी प्रक्रिया अपनाउन स्थानीय व्यापारीहरूलाई आग्रह गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले बताएको छ।

प्रतिक्रिया

सम्बन्धित ख