
अ्मेरीकाका रास्ट्रपती डोनार ट्रम्पको निर्णय अनुसार नेपाललाई प्रदान गरिँदै आएको ५३९ करोड रुपैयाँ बराबरको यूएसआईडी सहयोग रोकिएको छ। यस कदमले नेपालका केही विवादास्पद तत्वहरूमा हलचल मच्चाएको छ।
विशेषगरी, विदेशी अनुदानको भरमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका साम्प्रदायिक, विखण्डनकारी, तथा नश्लीय तत्वहरूलाई यस निर्णयले गम्भीर असर पारेको देखिन्छ। केही विश्लेषकहरूका अनुसार, विदेशी फन्डको सहारामा धर्म–संस्कृतिविरोधी गतिविधि सञ्चालन गर्नेहरूलाई ट्रम्पको निर्णयले कडा झट्का दिएको छ।
ट्रम्प प्रशासनको यस कदमलाई नेपालभित्र मिश्रित प्रतिक्रिया प्राप्त भएको छ। कतिपयले यसलाई नेपालमा विदेशी हस्तक्षेप रोक्ने सकारात्मक प्रयास भनेका छन्, भने केहीले यसलाई विकास परियोजनाहरूमा असर पार्ने भन्दै आलोचना गरेका छन्।
नेपालमा अमेरिकी सहयोग रोकिएपछि राजनीतिक वृत्तमा पनि छलफल सुरु भएको छ। कतिपय राष्ट्रवादी समूहहरूले यसलाई नेपालका लागि ‘ठूलो अवसर’ भन्दै आत्मनिर्भर विकासमा ध्यान दिनुपर्ने बताइरहेका छन्। अब नेपालले कस्तो रणनीति अपनाउने भन्ने विषयमा सबैको चासो बढेको छ।