१४ कात्तिक,

बाँके : आज सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको हो।

अघिल्लो दिन सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार आज कायम भएको नयाँ मूल्य हाल सम्मकै उच्च हो। पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दै आएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रति १० ग्राम १ लाख ४६ हजार ३५० रुपैयाँ कायम भएको छ।

यसैबिच आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिन तोलामा २ हजार १०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १५ रुपैयाँ बढेर २ हजार १२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख