✍️ गोविन्द भण्डारी
कर्णाली प्रदेश अन्तर्गत दैलेखको नारायण नगरपालिकामा राज्यको लाखौं मूल्य पर्ने सवारी साधनहरुको चरम दुरुप्रयोग भइरहेको छ। विभिन्न कम्पनिका आधा दर्जन भन्दा बढी मोटरसाइकलहरु व्यक्तिगत प्रयोजनका लागि निजि नम्बर प्लेट हाली बर्षौं देखी चलाईरहेको पाइएको छ। स्थानिय नागरिकले सो विषयमा पटकपटक घ्यानाकर्षण गराउँदा समेत स्थानिय सरकारका प्रमुख र उपप्रमुख ले वेवास्था गर्ने गरेको गुनासो बाँके अपडेटलाई प्राप्त भएको छ।

स्थलगत रिपोटिङ्गको क्रममा नारायण नगरपालिका गई सो सम्बन्धमा जानकारी लिन खोज्दा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रेशम बहादुर बुढा ले सवारी साधनको विषयमा कुनै जानकारी नभएको र सवारी साधनहरुको आवश्यक कागजात समेत यस कार्यलय मा फेला नपरेको हुँदा मोटरसाइकल सरकारी प्लेट प्रयोग मा ल्याउन कठिनाई भएको बाँके अपडेटलाई बताउनु भएको छ।

साथै कर्मचारीहरु ले सेवा प्रवाहमा ढिला सुस्ती भएको भन्ने सेवा ग्राहि को गुनासो लाई समेत प्रमुख प्रशासकिय अधिकृत बुढालाई जानकारी गराउँदा आफु यो विषयमा लागि परेको तर कर्मचारीहरुले अटेर गरी लापरबाही भएको स्वीकार गर्दै आगामी दिनमा सुधार ल्याउने बाचा गरेता पनी शाखामा भएका केही कर्मचारीहरु भने आफु खुसी काज मिलाउँदै घुमघाम गरिरहेको समेत बाँके अपडेटलाई जानकारी भएको छ। भने हाकिमका नजिकको कर्मचारीले जे गर्दा पनी कार्बाही नहुने एक कर्मचारीले नाम नखुलाउने सर्तमा बाँके अपडेटलाई बताएका छन्।

नारायण नगरपालिका प्रमुख प्रशासकिय अधिकृत बुढाको कार्य व्यवस्थापनमा असफल रहेको समेत केही कर्मचारीले बताएका छन। करार कर्मचारीलाई हटाउँदा समेत विवाद उत्पन्न भएको थियो भने अबका दिनमा कर्मचारी भर्ना गर्दा के विवाद रहित वातावरणमा कर्मचारी नियुक्ती हुने सन्दर्भमा भने नागरिक को चासो को विषय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख