नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत पर्ने पश्चिम नेपालकै ठुलो राजश्व सङ्कलन हुने ठाउँ नेपालगन्ज भन्सार कार्यालयको लापरवाहीको कारण दैनिक रूपमा हजारौं सर्वसाधरण नागरिकले सास्ती खेप्नु परेको छ ।
करिब १ महिना अगाडी देखी सिनोको जस्तै गन्ध फैलिए जसरी दुर्गन्ध फैलिँदा वरपर रहेका बस्ती र पैदल यात्रु समेत लाई यसरी दुर्गन्ध ले गर्दा विभिन्न किसिमका भाईरस रोग संक्रामित हुनेभन्दै स्थानिय नागरिकत्रासमा रहदापनि बाँकेको नेपालगन्ज भन्सार कार्यालय मौन रहेको छ।
भन्सार कार्यालय नजिकका स्थानियहरु लगाएत बाटोमा हिड्ने यात्रुहरुलाई लामो समयदेखी नाक मुख बन्द गरेर हिड्नु परेको स्थानियको गुनासो छ। साथै कार्यालय ‘प्रमुख लाई यसको विषय मा कुनै जानकारी नभएको बताउनु भएको छ ।
भन्सार चेकजाँचका क्रममा समातिएका भन्सार नहुने वस्तुहरुलाई भन्सार कार्यालयले नष्ट गदै आएपनी केही समय अगाडी गरिएका वस्तुहरुलाई राम्रो संग खाडल खनेर नपुरिदिदाँ अहिले वातावरण नै प्रदुषित हुने गरि दुर्गन्ध फैलिरहेको छ।
यसरी फैलिरहेको दुर्गन्धले भन्सार कार्यालय भित्र बस्ने कर्मचारीलाई कुनै फरक नपरे पनी बाहिर सडकमा चेक जाँच गर्ने कर्मचारी लगाएत सर्वसाधारणलाई लामो समय देखी प्रत्यक्ष असर गरी रहेको छ।
विशेष गरी दिन रात घाम पानी नभनि खटिने सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र भन्सार कार्यालयका बाटोमा खटिने क्रमचारीहरु उत्त गन्धको शिकार भएका छन्।