दशौं धारा नेपालगन्ज म्याराथनको प्रिइभेन्टका रुपमा हुन लागेको नेपालगन्ज १० किलो मिटर नाइट रनको टिसर्ट सार्वजनिक गरिएको छ ।
संविधान दिवसका अवसरमा असोज ३ गते राति हुने दौडको टिसर्ट नेपालगञ्ज म्याराथनका संस्थापक निर्देशक टीएस ठकुरी, आटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङ, बाँके जिल्ला एथलेटिक्स संघका अध्यक्ष राजेन्द्र शाही र नेपालगन्ज म्याराथनका आइटी कन्सल्ट्यान्ट भानु रेग्मीले संयुक्तरूपमा सार्वजनिक गरेका छन्।

टिसर्ट सार्वजनिक कार्यक्रममा संस्थापक निर्देशक टीएस ठकुरीले नेपालगञ्ज म्याराथनको एक दशक यात्राको लागि ‘दशौंमा दस इभेन्ट’का बारेमा विस्तृत जानकारी दिएका थिए। असोज ३ गते नाइट रन सम्पन्न भएपछि ५ गते शनिबार देखि साप्ताहिक रन सुरु हुने उनले बताएका छन् ।

‘यो बर्षभरि सञ्चालन हुनेछ । ‘उनले भने-‘दस हप्तामा चार, २५ हप्तामा तीन जना, ५० हप्तामा दुई जना र ७५ हप्तामा एक एक जना पुरस्कृत गरिनेछ, एक सय हप्ता पूरा गर्ने एक जनालाई कुनै अन्तर्राष्ट्रिय म्याराथनमा अवसर प्रदान गरिने उनले बताएका छन्। पहिलो चरणमा नेपालगन्ज, कोहलपुर र खजुरामा साप्ताहिक रन सुरु गरिने छ ।

रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले यसको प्रमुख कमान्ड सम्हाल्नेछन् । बाँके जिल्ला एथलेटिक्स संघले यसमा सहकार्य गर्नेछ । म्याराथनका बरिस्ठ सदस्यहरु हृदयकृष्ण मास्के, चन्द्रबहादुर राना, सुनिल बिष्ट, सुमन बस्नेत र गगन थापाले साप्ताहिक रनमा भोलेन्टियर सेवा प्रदान गर्ने छन् ।
साथै असोज दोस्रो हप्तादेखि स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिनेछ । आउटरिच म्यानेजर चाहना शाहले यसको नेतृत्व गर्ने छिन् ।

त्यसैगरी कात्तिक पहिलो हप्ता हुने गौघाट ग्रिन रनको संयोजन डिबी तामाङले गर्ने छन् । मंसिर ५ गते हुने दीप प्रज्वलन कार्यक्रमको संयोजन सुमनसिंह बस्नेतले गर्ने जानकारी दिइएको छ। त्यस्तै फोटो प्रदर्शनीका लागि पहिलो देखि नवौं संस्करण सम्मका लागि उत्कृष्ट तस्बिर संकलन गर्न गगन थापालाई जिम्मेवारी दिइएको छ । त्यस्तै मंसिर २० र २१ गते म्याराथन एक्स्पो र नेपालगञ्ज कनक्लेव हुने छ । यसमा विभिन्न व्यक्ति तथा संघ संस्थालाई दशक रत्न सम्मान प्रदान गरिनेछ ।

दशौं कार्यक्रमका रुपमा दशौं धारा नेपालगञ्ज म्याराथन मंसिर २२ गते शनिबार हुने पत्रकार भेटमा जानकारी गराइने बताइएको छ।
विस्तृत शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यश बर्ष कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदका कारण केही पछाडि सारिएको आयोजकले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख