२ मंसिर,

 बाँके : आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनका लागि बाँकेमा निर्वाचनको तयारी पुरा गरिएकोे छ । निर्वाचनलाई भय रहित ढंगले सम्पन्न गराउन र मतदातालाई स्वतन्त्र रुपले मतदान र सुरक्षाको लागि बाँकेमा निर्वाचनको तयारी पुरा गरिएकोे हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य खत्रीले निर्वाचनको अन्तिम चरणमा रहेको बताउनुभयो । बाँकेको ३ सय ८० वटै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी खटिएर मतदान बुथ निर्माण गर्ने काम सुचारु गरिएको उहाँले बताउनुभयो । निर्वाचनलाई कसरी स्वच्छ, निषपक्ष भय रहित ढंगले सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय बाँके, निर्वाचन आयोग बाँके, जिल्ला प्रहरी कार्यालय बाँकेले अनुगमनमा कडाई गरेको उहाँले जानकारी गराउनुभयो । निर्वाचन आफैमा अतिसंवेदनशिल कार्य रहेकोले मतदान अधिकृतहरुले सम्बधित क्षेत्रमा सर्वदलिय बैंठक राखेर मतदानको दिन त्यसलाई कसरी सुचारु गर्ने, कसरी व्यवस्थित गने भन्ने कामको तयारी भएको जिल्ला अधिकारी खत्रीले बताउनुभयो ।

“मत गरणा स्थललाई सुरक्षित, व्यवस्थित तरिकाले सुचारु गर्न अनुगमन शिलशिलामा जालीको व्यवस्थापन, प्रत्यक्ष निगरानीका लागि सिसीटिभी क्यामेराको र वाइफाईको राखेर निर्वाचनको तयारीमा जुटेका छौ । मतदातालाई सुरक्षाको भान गराउन मतदानस्थिलमा सुरक्षाकर्मी खटाएर कडाई गरिएको छ । जिल्लामा निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाउन संवेदनशील क्षेत्रमा थप सुरक्षा संवेदनशीलता अपनाउने र जनशक्ति प्रयोग गर्ने तयारी रहेको प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी गराउनुभयो । उहाँले खुल्ला सिमा भएकाले सिमानाका बन्द गरिएपनि नागरिक आ

उत जाउत गर्ने धेरै चोरबाटोहरु रहेका बताउदै यसलाई कडाई गर्न भारतीय सुरक्षाकर्मीसँग पटक पटक बैठक बसेर नेपाल र भारत दुबै स्थानका सुरक्षाकर्मीलाई आ – आफ्ना सिमानाका गस्ती गराउने र सिमा क्षेत्र शिल गर्ने निर्णय अनुसार ७२ घण्टाको लागि सिमाशिल गरिएको बताउनुभयो ।

निर्वाचन कार्य सम्पन्न गराउनका लागि मतदान अधिकृतहरु आ– आफ्नो मतदान केन्द्रमा पुगिसकेको बाँके प्रमुख निर्वाचन अधिकृत धनसिंह महराले बताउनुभयो । निर्वाचन आयोगले दिएको सेडुल अनुसार तयारीलाई कडाईका साथ अगाडी बढाएको उहाँले जानकारी दिनुभयो । निर्वाचनका लागि आयोगले ३ हजार ४० जना कर्मचारी, १५ सय स्वंयम सेवक कर्मचारीमतदान स्थलमा खटाएको स्वयम सेवक खटाइएको उहाँले जानकारी गराउनुभयो । मतदानको दिन थुप्रै चुनौती आउने भएकोले मतदातालाई स्वतन्त्र र भयरहित रुपले मतदान गराउनकालागि अनुगमनमा जोड् दिएको प्रमुख निर्वाचन अधिकृत महराले बताउनुभयो ।

अहिले निर्वाचन सुरक्षाको अवस्था शान्तिजनक रहेको जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी प्रमुख एसपी श्याक कृष्ण अधिकारीले बताउनुभएको छ । मतदान केन्द्रमा खटिने सुरक्षाकर्मीलाई स्पष्ट निर्देशन दिएर पठाएले अहिले निर्वाचन सुरक्षाको अवस्था शान्तिजनक रहेको उहाँले बताउनुभयो । मतदातालाई मतदान प्रक्रियामा जान रोक्ने, निर्वाचनविरुद्ध त्रास र अफवाह फैलाउने गतिबिधी हुन नदिन कडा निगरानी बढाइएको उहाँले बताउनुभयो । मतदानको दिन मतदानकेन्द्रमा शंकाष्पद गतिबीधि भएको देखिएमा आफुले तुरुन्त बल प्रयोग गरेर एक्सन लिने एसपी अधिकारीले बताउनुभयो ।

बाँकेमा १ सय २९ मतदानस्थल मध्य १ सय २४ निर्वाचनस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ । निर्वाचनलाई शान्ति र निर्भययुक्त बनाई आम मतदातालाई सुरक्षा दिन निर्वाचन आयोग, जिल्ला प्रसाशन बाँके र जिल्ला प्रहरी कार्यालय बाँकेले प्रत्यक्ष निगरानी र अनुगमनमा कडाई सहितको तयारी थालिएको छ । निर्वाचन सुरक्षाका लागि बाँकेमा २ हजार ५ सय ४१ सुरक्षाकर्मी खटाइएको छ भने १ हजार ५ सय ५९ म्यादी खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख