३० चैत

बाँके अपडेट :  बाँकेमा चैत महिना भरि हालसम्म १९६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमित भएकाहरुमध्ये भेरी अस्पतालको वार्डमा ५४ जनाको उपचार भईरहेको भेरी अस्पतालले जनाएको छ । कोरोना संक्रमितमध्ये २४ जनाको अवस्था सिकिस्त रहकाे बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताएका छन् । ओलीका अनुसार उपचारार्थ ४ जना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अन्य २० जनाको पनि आइसियुमा राखेर उपचार भैरहेको भेरी अस्पताल नेपालगन्जका मेसु डा. प्रकाश थापाले बताएका छन् ।

त्यसै गरि आइतबार मात्रै भेरी अस्पतालको ल्याबमा गरिएको परिक्षणमा मात्रै ४१ जनामा कोरोना पुष्टि भएको र, भेरी अस्पताल नेपालगन्जलमा शनिबार ७८ जनाको स्वाब लिएको ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।

भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको अवस्थामा भारतबाट नेपालगञ्ज नाका भएर आएकामध्ये ११ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख