चैत्र-२९

बाँके अपडेट : विश्व भरिमा विविध भाषा र संस्कृतिका मानिसहरु छन् र उनीहरुका आफ्नै परम्पराहरू छन् । आज हामी त्यस्तो परम्पराबारे चर्चा गर्दैछौं, जस अन्तर्गत पुरुषहरूले अर्काकी श्रीमतीलाई खोसेर लैजान पाउँछन् । र समाजले त्यसलाई वैध ठहर गरेपछि विवाह गर्न पाउछन ।

पश्चिमी अफ्रिकाको बोदाब्बे भन्ने ठाउमा जनजाति समुदायका मानिसहरुले अर्काकी श्रीमती खोसेर विवाह गर्ने यस्तो परम्परालाई मान्दै आएका छन् । यो परम्परा उनीहरुको पहिचानसँग जोडिएको छ ।

परम्परा अनुसार युवतीको पहिलो विवाह घरका मानिसहरुले इच्छा अनुसार हुन्छ । तर दोस्रो विवाहका लागि पहिले उनीहरुलाई कुनै पुरुषले खोसेर लैजानुपर्छ । यस क्षेत्रमा लाग्ने गेरेवोल मेलाका दौरान युवकहरू अनुहारमा विभिन्न रंग पोतेर आउँछन् र महिलाहरुलाई रिझाउँछन् ।

यसरी महिलाहरुलाई फकाइरहेका बेला उनीहरुका पतिले यो सबै देखेका छन् वा छैनन् भन्ने कुराको भने उनीहरुले हेक्का राखेका हुन्छन् । अर्थात्, पतिलाई पत्तो नै नदिई उनीहरुले महिलालाई फकाउँछन् । महिला राजी भएपछि उनीहरुलाई लिएर भाग्छन् ।

त्यसपछि समुदायकै मानिसहरुले उनीहरु विवाह गराइदिन्छन् । यस्तो खाले विवाहलाई यो समुदायले प्रेम विवाह भनेर स्विकार्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख