चैत-२७, बाँके ।

कटुवा पेस्तोल सहित ३ जना मानिसलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

साझाको करिब ७:३० बजे जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं १० हाईस्कुल चोक स्थित शंकाष्पद अबस्थामा पैदल हिडिरहेका भारत बहराईज जिल्ला बाबागंज बस्ने बर्ष २० को महता प्रसाद खटिक, सोही ठाउका बर्ष ५५ को नकछेद पाछी र बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं १४ बस्ने बर्ष ३२ को सुरज लामिछाने लाई चेक जाँच गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

महता प्रसाद खटिकले कम्मरमा लुकाई राखेको कटुवा पेस्तोल १ (एक) थान र BMMKF लेखेको लाईभ राउण्ड बुलेट १ (एक) थान फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरका Dsp रबिन्द्र खनालले बताए ।

बरामद भएको पोस्तोल र तिनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख