
चैत २५, २०७७, बाँके
बाँके अपडेट : ज्योति लाइफ इन्सुरेन्समा कारोबार खुलेकै पहिलो दिन लगानीकर्ताको अधिक आकर्षण देखिएको छ । यो समाचार तयार पार्दासम्म यसको सेयर भाउ ५.८३% बढेर ३८१ रुपैयाँ कारोबार भइरहेको छ । बिक्रेता देखिएका छैनन् । तर २० लाख ८१ हजार भन्दा बढी कित्ताका लागि क्रेता देखिएका छन् । ज्योतिको बुधबारबाट नेप्सेमा कारोबार खुला भएको हो । यसको पहिलो कारोबार ३६० रुपैयाँमा भएको हो ।
कम्पनीले मंगलबार चुक्ता पुँजीका आधारमा कायम २ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो । नेप्सेले ज्योतिको पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसा ओपनिङ रेन्ज तोकेको थियो । बुधबार ज्योति लाइफको सेयर कारोबार सोही सीमाको उच्चतम विन्दुबाट सुरु भएको हो । ‘जेएलआई’ संकेतमा ज्योतिको दोस्रो बजारमा कारोबार खुला भएको छ ।