
चैत-१९,बाँके ।
✍️बिजय काफ्ले
यातायात ब्यवस्था कार्यालय बाट लिइएको सवारी चालक अनुमती पत्रको लिखित परिक्षा पास भएका ब्यक्तिहरुको प्रयोगात्मक परिक्षा (ट्रायल) परिक्षा निर्धारित समय भन्दा डेढ घण्टा ढिला भएको छ ।
कोहलपुर ट्रायल सेन्टरमा सन्चालन हुने सवारी चालक अनुमती पत्र लागि प्रयोगात्मक परिक्षाका परिक्षार्थी बिहानै ६ बजे बाट नै टाढा टाढा बाट आएर लाइनमा बस्ने गरेका छन । तर यातायात ब्यवस्था कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको मानोमानी र लापरबाहीले सोझा साझा जनताले सास्ती भोग्नु परेको छ ।
लिखित परिक्षा पास भएर ट्रायलका लागि कोहलपुर स्थित ट्रायल सेन्टरमा पुगेका जनताले “हामी लाई यातायात कार्यालय र ट्राफिकले दुख दिइएको” भन्दै आक्रोशित हुदै होहल्ला समेत गरेका थिए ।
बिहानको ७ बजे ट्रायल समय निर्धारण गरिएता पनि ८ बजे मात्र एक जना ट्राफिक उक्त परिक्षाको मैदानमा आउछन । तर उनि आफ्नो आफ्न्तलाई स्कुट सिकाउन मैदानमा छिर्छन र सर्बसाधारण परिक्षार्थिलाइ दबाबपुर्ण तरिकाले बाहिर निस्किन भन्छन ।
तर,आफ्नो आफन्तलाई मात्र भित्र सिक्ने दिएको र अरुलाई बाहिर निकालिएको भन्दै अन्य परिक्षार्थी चर्को बिरोध गर्दै आक्रोशित भएपछि करिब १५ मिनेट पछि उक्त ट्राफिक प्रहरी जवानले आफ्न्तलाइ बाहिन निस्किन आग्रह गर्छन ।
त्यसरी ट्राफिक प्रहरी र समन्धित निकाएको ढिलासुस्तिको आगमन र नताबाद प्रवृत्ति कै कारण ७ बजे सुरु हुने भनिएको परिक्षा करिब ८:३० बजे बाट सुरु भएको थियो ।
यहाँ ट्राफिक प्रहरी र यातायात ब्यवस्था कार्यालय बाकेले जनतालाई सास्ती दिने गरेको र सधै जसो समय भन्दा ढिला परिक्षा हुने गरेको जनगुनासो पश्च्यात बाँके अपडेट टिम उक्त ट्रायल सेन्टरमा प्रत्यक्ष रुपामा रिपोर्टिङ गर्दा समन्धित निकाएको यस्तो मनोमानी, लापरबाही र उदासिनता देखिएको हो ।
यसरि सर्बसाधारण लाई दुख दिने देखि ट्रायलमा प्रयोगहुने मोटरगाडीले मनोमानी चर्को सुल्क असुल्दा सेटिङ्ग कै कारण टुलुटुलु हेरेर बसेको आरोप समेत खेपेको ट्राफिक प्रहरी प्रमुख र यातायात ब्यवस्था कार्यालयको उदासिनता कायम नै देखिन्छ । यसरी सर्बसाधारण जनतालाइ चर्को घाममा दु:ख दिने प्रवृत्ति गलत भएको सहभागीहरु बताउछन ।
यस बिषयमा बाँके जिल्ला ट्राफिक प्रहरि प्रमुख राजु भण्डारी सङ फोन सम्पर्क गर्दा सम्पर्क हुन साकेन ।