चैत-१८, बाँके ।
बिजय काफ्ले

कोहलपुरमा गएराती अज्ञात समूह द्वारा एक मस्जिदमा तोडफोड भएको छ ।

बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नम्बर ३ स्थित सन्नी नुरि जामां मस्जिदमा तोडफोड भए सङै स्थानीय आक्रोशित भएका छन ।

स्थानियका अनुसार मुस्लिम समुदाय कै अर्को पक्ष अलि पक्षधरका ब्यक्तिले नै भत्तकाएको हुन सक्ने बताउछन ।

चैत्र १३ गते कोहलपुर ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलि समेत पुगेको थियो । इलाका प्रहरी कोहलपुरका प्रमुख रबिन्द्र खनाल समेत उपस्थित भएर निर्माणधिन मस्जिदको काम २ दिन रोक्न आदेश दिए । मस्जिद निर्माण पक्षले निर्माणको काम समेत स्थगित गर्यो । पुन : ईलाका प्रहरी सङ स्थानीयहरु पुग्दा स्थानीय लाई खनालले भने “हामिले केही गर्न मिल्दैन स्थानीय निकायको आदेश कै कारण हामी त्यहा निर्माण केही दिन रोक्नुहोस भनेका हौ , त्यसैले मेयर साहेब सङ यस बिषयमा कुरा गर्नु होस “।

तर , उच्च अदालत तुलसीपुर दाङले दुइ पक्ष बिच बिबाद भएपछी एक निर्णय गरेको थियो ।उक्त निर्णयमा स्पष्ट उल्लेख गरिएको छ कि दिलदार बेडुवा पक्ष लाई २ कट्ठा जग्गा मस्जिद लाई र ३ कट्ठा इदगाह लाई दिने ।

अदालतको निर्णय आइसक्दा समेत स्थानीय निकाय र प्रहरी प्रशासन बाट धार्मिक द्वन्द निम्त्याउने प्रवृत्ति र एक पक्षधर निर्णय  र एक पक्षको मात्र समर्थ गरेको भन्दै प्रहरि र स्थानीय निकायका प्रमुख सङ समेत आक्रोशीत छन ।

कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर सङ फोन सम्पर्क गर्दा उनी भन्छन ” हामी नगरपालिका बाट कुनै निर्णय भएको छैन , त्यहा बिबाद कम गर्नका निमित्त प्रहरिले काम रोकेको हुन सक्छ र यस बिषयमा आफू लाई खसै जानकारी नभएको र म माथी लागेको धार्मिक द्वन्द्व निम्त्याउने खालको निर्णय गरिएको भन्ने निराधार आरोप मात्र हो” ।

आदालतले गरेको निर्णय बिरुद्ध जाने अधिकार कसैको पनि हुदैैन । जसरी प्रहरीले मस्जिद निर्माण रोक्न खोज्नु प्रहरी र स्थानिय निकायको धार्मिक द्वन्द निम्त्याउने गलत निर्णय हो ।

यस बिषमा समन्धित निकाय चनाखो र गम्भीर हुनु आवस्यक छ । अन्यथा ठूलो धर्मिक द्वन्द निम्तिने स्थिति आउन सक्ने स्थानिय बताउछन ।

प्रतिक्रिया

सम्बन्धित ख