
चैत-५,बाँके
अभिनास ज्ञावलि (परिक्षार्थि पत्रकार)
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं. १ बाट ३ जना ब्यक्ति पक्राउ परेका छन ।
बैजनाथ गाँउपालिका वडा नं.१ चिसापानी बाँकेमा शंकाष्पद रुपमा संगै हिडि रहेका ब्यक्तिहरुलाई खान तलासि गर्दा उनीहरुको साथबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १, भालुको पित्त थान २, कस्तुरीको बिना थान १,फेला गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले बताए ।
पक्राउ पर्नेमा जिल्ला दैलेख चामुण्डा नगरपालिका वडा नं. २ बस्ने बर्ष ४२ को चिन बहादुर थामी मगर, जिल्ला कैलाली घोडाघोडी नगरपालिका वडा नं. १ बस्ने बर्ष ४५ को रत्न बहादुर खत्री, र जाजरकोट नलगाड नगरपालिका वडा नं. १ बस्ने बर्ष ४० को खले बि.क रहेका छन ।
पक्राउ परेका ब्यक्तिहरुलाई लाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।