चैत-३, बाँके
✍️बिजय काफ्ले ।

ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी असइ शेर बहादुर बस्नेत अस्पताल बाट कैदी भगाएको भन्दै तत्कालीन ईलाका प्रहरी कोहलपुर प्रमुख कुल दिप चन्दले कार्बाही गर्दै नेपालगन्ज मेडिकल कलेज कोहलपुर (दशबिगाहा) बाट पुन: ईलाका तानेका थिए । सोही अस्पताल बाट नै अपराधी भागाउने आरोप खेपेका र कार्बाही परेका असइ बस्नेत फेरि सोही अस्पतालको कमाण्ड सम्हाल्न ईलाका प्रहरी कार्यालयकोले खटाएको छ ।

मुर्दा लास लाई घर लैजान सहज गर्दिने भन्दै कमिसन लिने, फार्मेसी सङको सेटिङ र कैदी नै भगाउने आरोप खेपेका बस्नेत लाई सोही ठाउको कमाण्ड दिनु एक अनौठो र गम्भीर बिषयको रुपमा लिन सकिन्छ ।

असइ बस्नेत बाँके जिल्ला प्रहरी प्रमुख Sp ओम बहादुर रानाको असुली नाइके भएको र ईलाका प्रहरि कोहलपुरका Dsp  रबिन्द्र खनालले नभइ सिधै जिल्लाका Sp को विशेष आग्रहमा उनलाइ अस्पतालको कमाण्ड दिएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार उक्त अस्पतालमा हवल्दारको काज हुनपर्ने भएता पनि विशेष पावर र SP ओम राना कै  असुली नाइके भएकै कारण Sp रानाको संरक्षणमा हवल्दार रहेन ठाउमा असइ को पदस्थापना भएको भनाइ छ ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय कोहलपुर विवादमा समेत छ । कहिले DIG को आदेश नमानेको कारण होस या चोरलाई उन्मुक्ति दिने हेतुले चोरलाई अभद्र ब्यवहार मुद्दा चालाएको बिषय होस अहिले बिबादमा देखिन्छ । असइ बस्नेतको राजनीतिक संरक्षण समेत व्यापक रहेको जानकार बताउछ्न ।

यसरि पटक पटक आरोप खेपेका प्रहरी अधिकारीलाई सोही ठाउमा पदस्थापना गर्नु उच्च निकाय सङको राम्रो सेटिङ र संरक्षण रहेको प्रष्ट बुझ्न सकिन्छ । यस बिषयमा समन्धित निकाय चनाखो हुनु पर्ने र यसरी सेटिङमा जवान देखि असइ सम्म एउटै कार्यालयमा कहिले दरबन्दी होस या काज विभिन्न बहानामा आउने मोटो रकम असुल्ने तरिका जानेका कारण पटक पटक सोही अस्पतालमा पठाइएको स्रोत र जानकार बताउछन  । यस बिषयमा समन्धित निकाए गम्भीर हुनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित ख