
फागुन-२९ बाँके
✍️बिजय काफ्ले
ट्राफिक प्रहरि,अख्तियार दुरुपयोग अनुसन्धान आयोग, यातायात कार्यालय, राष्ट्रिय अनुसन्धान बिभाग लगायतका कार्यालयहरुको प्रतिनिधि कै अघाडी बाँकेमा जनता ठगिएका छन ।
सवारी चालक अनुमती पत्र निकाल्नका निम्ति प्रयोगात्मक परिक्षामा प्रयोग गरिने गाडी र मोटरसाइकल अधिक्तम १० मिनेटमा ट्रायल दिएर सकिन्छ ।बाँकेको कोहलपुरमा रहेको ट्रायल सेन्टरमा ट्राएल दिनका लागि मोटर साइकल र गाडी(भ्यान) भाडामा लिइने गरिन्छ । मोटरसाइकलको मात्र ट्राएल सेन्टरमा घुमाएको मात्र २ सय देखि ६०० सम्म लिने गरेको पाइएको छ ।
त्यासैगरि जनतालाइ सेवा दिने बहानामा विभिन्न सेटिङ्ममा राखिएका ड्राइभिङ सेन्टरको भ्यानको केही मिनेट मात्र को रु.३०० देखि ८०० रुपैया सम्म मनोमानी पैसा असुलेर जनतालाई ठग्ने गरिको पाइएको छ । सम्पुर्ण समन्धित निकाय कै अघाडी यसरी बार्गेनिङ हुदा र मनोमानी चर्को शुल्क असुल्दा उपस्तिथित सबै समन्धित निकाय ट्राफिक प्रहरी,अख्तियार दुरुपयोग अनुसन्धान आदि मौन र उदासिन देखिन्छ ।
यस बिषयमा बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक राजु भण्डारि सङ फोन सम्पर्क गर्दा उनी भन्छन “देश भरी नै यसरी चलेको छ, कुन रेट कति लिने भनेर नियम नै छैन त्यसैले यस बिषयमा हामी लाई जानकारी नभएको र कति पैसा लिन्छन भन्ने बिषयमा कुनै जानकार नभएको” भन्दै उम्किन खोज्छन ।
स्वयम ब्यक्तिले नै आफ्नो कार लिएर सवारी चालक प्रयोगात्मक परिक्षा ट्रायल दिन्छु भन्दा इन्ट्रीमा खटिने ट्राफिक प्रहरि र यातायात कर्मचारी आनाकानि गर्ने र त्यहिको ड्राइभिङ सेन्टरको गााडी प्रयोग गर्न अनुरोध गर्ने गरेको एक प्ररिक्षार्थी बताउछन ।
ड्राइभिङ सेन्टर र ट्राफिक प्रहरी बिचको हिमचिम बढी भएकै कारण जनता ठगिएको त्यहा उपस्तिथित परिक्षार्थि र स्रोतले बताउछ ।
यसरि मनोमानी ढङ्गले शुल्क असुल्दा जनता मारमा पर्ने हुदा समन्धित निकायको ध्यान जान जरुरी छ ।र एउटा नीति अपनाउदै निश्चित मुल्य र मापदण्ड निर्धारण गर्नाले सर्बसाधारण जनता ठगिन बाट बच्ने छन ।