
फागुन-२७,बाँके ।
ट्रकले पैदल यात्री लाई गएराती ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएपछि मृतकका अफन्तले विभिन्न माग राख्दै आज कोहलपुर चौराहामा बन्द गरेका छन ।
हिजो साझा करिब ८:४५ कोहलपुर १० हाईस्कुल नजिक कोहलपुर नेपालगन्ज सडक खण्डमा ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको भे १ क ११०० नम्बरको ट्रकले पैदल यात्री बर्ष ३८ को मुगु जिल्लाको सोरु गाउपालिका का जयकर्न मल्ल लाई ठक्कर दिएको हो ।
परिवार लाई रोजगारको ब्यावस्ता, बच्चालाई निशुल्क उच्च शिक्षा आदि जस्ता माग राख्दै आन्दोलित छ्न । प्रहरि र केहि मृतकका अफन्ता बिच बार्ता भैरहेको स्रोतले जनाएको छ ।
कोहलपुर चौराह अहिले समाचार तयार पार्दा सम्म ठप्प रहेको छ ।