
फागुन-२६, बाँके ।
ट्रकले पैदल यात्री लाई ठक्कर दिदा उपचारको क्रममा मृत्यु भएको छ ।
साझा करिब ८:४५ कोहलपुर १० हाईस्कुल नजिक कोहलपुर नेपालगन्ज सडक खण्डमा ग्यास सिलिन्डर बोकेर दैलेख जाँदै गरेको भे १ क ११०० नम्बरको ट्रकले पैदल यात्री बर्ष ३८ को मुगु जिल्लाको सोरु गाउपालिका का जयकर्न मल्ल लाई ठक्कर दिएको हो ।
घाइते लाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो भने उपचारको क्रममा करिब ९ बजे मृत्यु भएको प्रहरिले जनाएको छ ।
चालक कोहलपुर ११ बस्ने बर्ष ४१ को सुरज खत्री रहेको प्रहरिको प्ररम्भिक अनुसन्धानले जनाएको छ ।
ट्रक र चालक इलाका प्रहरी कार्यालय कोहलपुरको नियन्त्रणमा रहेको छ ।