फागुन-२६, बाँके ।
✍️बिजय काफ्ले

कोहलपुरमा सुकुम्बासी तथा भुमिहिन संघर्ष समिती १८ दिन देखि अन्दोलित छन तर नगर प्रमुख मुकदर्शक  भएका छन । कोहलपुर वडा न.११ मा करिब १० दिन धर्ना तथा आन्दोलन पछि कोहलपुर नगरपालिकामा सुकुम्बासी तथा भुमिहिन संघर्स समिती आन्दोलनरत  छन । वडा कार्यालय पछि कोहलपुर नगरपालिकामा ८ दिन देखि कामकाज ठप्प जस्तै छ । आज १८ दिन भैसक्दा समेत स्थानीय निकाय रमिते भएर बसेको छ भने सम्पुर्ण काम काज ठप्प छ ।

सुकुम्बासीहरुको बसाईसराइ दर्ता नगरेको, भुमिहिनहरुको कुरा नसुनेको,सुकुम्बासी ब्यवस्थापन गर्न नसकेको आरोप लगाउदै सुकुम्बासी तथा भुमिहिन संघर्स समिति आन्दोलित भएको हो । उनिहरुले २०औ बर्षबाट भोग चलन गर्दै आएको  जग्गा लाई भुमिहिन सुकुम्बासीहरुले पाउन पर्ने भन्ने उनीहरुको माग छ ।

तर नगरपालिकाका प्रमुख लुट बहादुर रावलले उक्त जग्गा सरकारि भएकाले यस ठाउमा कुनै ब्यवस्थापन गर्न नसकिने भन्दै आनाकानी गर्दै आन्दोलन तुहाउन खोजेको समितिका संयोजक बताउछन ।

तर सुकुम्बासी तथा भुमिहिन संघर्स समिती कोहलपुरले “सके सम्म आफैले उपयोग गर्दै आयको भुमी अथवा पायक पर्ने ठाउमा ब्यवस्थापन गर्नु पर्ने” लचिलो माग राख्दा नगरपालिका बेजबाफ रहेको समितिका सदस्यहरु बताउछन् ।

“सुकुम्बासी ब्यवस्थापन गर्नुहोस वा कुनै बिकल्प दिनुहोस” भन्दा समेत जनप्रतिनिधि मौन रहेको सुकुम्बासी भुमिहिन संघर्स समितिमा संयोजक जीवन थापा बताउछन ।

“यस संघर्स समितीमा पुर्ब माओबादी केन्द्र निकटका ब्यक्तिहरु रहेको र मेयर पुर्ब एमाले निकट बाट निर्बाचित भएको कारण पनि र भुमाफियाको ठुलै सेटिङका कारण मेयर रावतले हाम्रो आवज दबाउन खोजेको र हाम्रो आन्दोलन विरुद्ध आम सर्बसधारण जन समुदायमा सरकाररि जग्गा मागेको र अन्य विभिन्न बहाना गर्दै गलत प्रचार समन्धित निकाय बाट नै भएको मा दुख प्रकट रहेको कमैया सुकुम्बासी समिती कोहलपुरका बरिस्ठ उपाध्यक्ष रोशन केसि बताउछ्न ।

कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावत सङ यस बिषयमा फोन सम्पर्क गर्न खोज्दा फोन उठेन

प्रतिक्रिया

सम्बन्धित ख