
फागुन-२१ बाँके ।
कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचन फागुन २२ गते हुने निर्वाचनका लागि अर्जुन जंग शाहले स्वतन्त्र सदस्य उम्मेदवारि दर्ता गरेका छन।
फागुन २२ गते हुने निर्वाचनमा अनुभवी, समाजसेवी , कोहलपुर युवाका ढुकढुकि अर्जुन जंग शाह सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारि दिएका छन ।
राजनिती भन्दा फरक गुठ उपगुठलाई पछाडि राखेर कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र सदस्य पदको उम्मेदवारीमा आफुले दर्ता गरेको अर्जुन जंगले बताउनु भयो ।
उनले बाँके अपडेट सङ कुरा गर्दै भने “यो निर्वाचन बिशुद्ध ब्यापारीको हक हित कस्ले गर्न भन्ने हो,त्यसैले यहाँ पार्टी भन्दा माथी उठेर कुनै पार्टीको खोल नवढि स्वतन्त्र उम्मेद्बारी दिएको छु; आशा छ पार्टीका नेताले भन्दा स्वतन्त्र ब्यापारीले नै बास्तबिक ब्यापारीको समस्या बुझ्ने हुदा आम ब्यापारी बुद्दिजिबिले मलाइ साथ दिने कुरामा ढुक्क छु” ।
शाहका आनुसार “आफु सामाजिक कार्यमा अगाडि रहेको र अझ समाज तथा व्यावसायको हितमा पनि काम गर्ने ईच्छा भएकोले यस पटक कोहलपुर उद्योग वाणिज्य संघको निर्वाचनमा २१ नम्बरमा भोट हालेर कोहलपुरका सबै व्यावसायहरुले सहयोग गरिदिनु होला” भन्दै आह्वान गरेका छन ।