
फागुन-२० बाँके
ईलाका प्रहरी कार्यालय कोहलपुरले भन्सार छली गरि ल्याइएको अबैध सामान बरामद गरेको छ ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ हवल्दारपुर क्षेत्र बाट कपडा,खाद्य र अन्य बिबिध सामान बारामद गरेको हो । करिब एक लाख दश हजार हजार बराबरको सामग्री बरामद गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समयमा ईलाका प्रहरीका प्रमुख रबिन्द्र खनाल आएपछि अबैध मालसामान सहित गिरोहलाई नै पक्राउ गर्ने क्रम बढेको देखिन्छ ।
उक्त समान कहा बाट र कसरी आयो …? भन्ने बिषयमा छानबिन गरिरहेको प्रहरिले जनाएको छ ।