
फागुन-१४, बाके ।
बिजय काफ्ले
ईलाका प्रशासन कार्यालय कोहलपुर बाँकेमा कर्मचारिको लापरबाही देखि कार्यालय परिसरमै खुलेआम नियम बिपरित ब्यापार हुने गरेको देखिएको छ ।
ईलाका प्रशासन कार्यालय कोहलपुरमा बाँके अपडेट टिम शुक्रबार बिहान १०:०० बजे पुग्छ । हामी पुग्दा उक्त कार्यालयमा जम्मा ३ जना कर्मचारी मात्र देखिन्छन र कर्मचारीकि जम्मा संख्या ७ हो । उक्त कार्यालयका प्रमुख दिपेन्द्र रावल पनि १०:१२ सम्म कार्यालयमा थियनन ।
त्यसैगरी नायब सुब्बा किरण थापा समेत १०:१० पछि नै कार्यालयमा आउछन । तर उनलाई किन ढिलो भनेर प्रश्न गर्दा शौचालय गएको भन्ने बहाना बनाउछन । उनले हामी माथी इङित गर्दै भन्छन “पत्रकारले गल्ती मात्र देख्ने र काम गरेको नदेख्ने” भन्दै हामी माथी खनिन्छन ।फेरि हामी ले सोहि कुराको खण्डन गर्दै के के काम राम्रो छन १/२/३ गर्दै भन्नुहोस भन्दा उनी चुप रहन्छन ।
कार्यालय परिसरमै रहेको एक फोटो स्टुडियोमा हाम्रो निगरानी पर्छ । कार्यालयको हरेक काम टिकट देखि फोटो खिचाउने,फारम भर्ने सबै सुबिधा उक्त पसलमा रखिएको देखिन्छ ।
किन यस्तो कार्यालय परिसरमा व्यापार भनेर प्रश्न सोध्दा रावल भन्छन “हामिले प्रयास गर्दौ छौ,यसरी भित्र नै बोर्ड राखेर ब्यापार गर्न मिल्दैन ,यस बिषयमा गम्भीर रुपमा हामी सोच्ने छौ” ।
तर सो फोटोकपि देखि हरेक कुरा गरिने उक्त पसल बर्षौ देखि सोही ठाउमा व्यापार गरेको छ भने प्रशासन कानमा तेल हालेर बसेको छ । नागरिक बडापत्र समेत नरहेको कार्यालय प्रमुख आफै स्वीकार गर्छन ।
एक सेवाग्राही नाम नबताउने सर्तमा सोही ठाउमा भन्छन “टिकट कहाँ किन्ने भन्दा कर्मचारी नै उक्त पसलमा जानुहोस भन्ने गर्छन, त्यहा रु१० को टिकट रु १५ पर्ने” समेत उनी बताउछ । तर ईलाका प्रशासन देखि हुलाक टिकट पाइने स्थान करिब २ सय मिटरको दुरिमा मात्र छ ।
उक्त क्रियाकलापबाट भन्न सकिन्छ कि “कतै कमिसन कै लागि वा सेटिङ्का मिलेर प्रशासन मौन त बसेको हैन……???”भन्ने कुराको आसंका गर्न सकिन्छ । अन्यथा कार्यालयको हातामा यसरी ब्यापार गर्न दिनु आश्चर्य जनक छ । जुन कानुन बिपरित छ ।
यस बिषयको विशेष रिपोर्ट सहितको आइतबार साझ ७ बजे Banke Update अनलाइन टि.भि. Youtube मा हेर्न सक्नु हुनेछ । link :- https://youtube.com/channel/UC08M_oTf09p5TlrRhaaqgkQ