
फागुन-१३, रुपन्देही।
सन्देश बिक (परिक्षार्थि पत्रकार)
रुपन्देही गैडहवा गाउपालिमा ३ लौण्डिहवा ससस्त्र प्रहरी वल नेपाल सुरक्षा वेश, बिष्णुपुरामा कार्यरत ससस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र ससस्त्र प्रहरि नायब निरीक्षक राजेश पासीलाई पचास हजार घुस सहित आज बिहान करिब १० बजे पक्राउ परेका छन ।
अक्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवलले बिशेष सुचनाको आधारमा पक्राउ गरेको हो ।
पक्राउ परेका ब्यक्ति लाइ थप अनुसन्धानको लागि अक्तियार दुरुपयोग अनुसन्धान कार्यलय बुटवल लगिएको स्रोतले जनाएको छ ।
किन र के का लागि मागिएको घुस भन्ने खुल्न आएको छैन ।