
फागुन-१२, काठमाडौ ।
नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्य शुन्यमा गएको देखिएको छ । जनताको आशाको रुपमा रहेको उक्त आइपिओ अहिले -१००% घटेको नेप्सेमा देखिएको छ ।
उक्त ५९४ बाट आज ह्वात्तै घटेको देखिएकाले लगानीकर्तामा त्रास बढेको देखिन्छ । केही बिश्लेशक तथा जानकारहरुका अनुसार ठुलै चलखेल हुन सक्ने बताएका छन ।
सामाजिक संजालमा समेत चर्को रुपमा यसबारे चर्चा चुलिएको छ ।
प्रबिधिक समस्या समेत हुन सक्ने अनुमान लागाउन सकिन्छ ।
सामान्यतया १० प्रतिसत सर्किट भन्दा घट्न र बढ्न भने नमिल्ने प्रबधान रहेको छ ।
तर यस बिषयमा भने नेप्से र समन्धित निकाएले समाचार तयार पार्दा सम्म कुनै आधिकारिक धारणा राखेको छैन ।