फागुन-५,कोहलपुर-बाँके।

राप्रपाले अर्को निर्णय नभए सम्मको लागि कसैसङ सहकार्य नगर्ने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एक बिज्ञपति जारी गर्दै उक्त निर्णयको बारेमा जानकारी दिएको हो ।

बिज्ञप्तिमा उल्लेख भए अनुसार; विभिन्न चरणमा बार्ता हुदा समेत काङ्ग्रेस प्रती आस्था राख्ने ब्यापारी समुहले राप्रपा प्रती आस्था राख्ने व्यापारी समुहलाई समुचित व्यवहार नगरेको र पदहरु बाडफाडमा सम्मान जनक स्थान नदिएकाले अर्को निर्णय नभए सम्म सहकार्य नगर्ने उक्त बिज्ञप्तिमा उल्लेख छ ।

राप्रपाको तर्फ बाट बार्ता समितीका संयोजक सरिता शाही र सदस्यहरु रुद्रमनी न्यौपाने,युबराज शाही ,काली बहादुर ओलिले बिज्ञप्तिमा हस्ताक्षर गरेका छन ।

त्यसैगरि राप्रपाका जिल्ला सदस्य समेत रहेका लाल बाहदुर ओलिले बाँके अपडेट सङ कुरा गर्दै भने,”यदि उचित स्थान नदिए एक्लै मैदानमा उत्रने” उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित ख