माघ-२९,बाँके

बलात्कारीलाई कारबाहीको माग गर्दै बिरोध र्‍यालीमा हिडेका दुई छात्रालाई हायस गाडीले ठक्कर दिएको छ । कोहलपुर नगरपालिका ११ हाईस्कुल नजिकै सडकमा हिडिरहेका बालिकाहरुलाई हायसले ठक्कर दिएको हो ।

बा२ख ५७८ नम्बरको हाइसले ठक्कर दिदा कोहलपुरको त्रिभुवन माविका २ जना छात्रा घाईते भएको ईलाका प्रहरी कार्यालय का प्रमुख रबिन्द्र खनालले जानकारी दिनुभएको हो ।

दुर्घटनामा बालिकाहरुलाई सामान्य चोट लागेको र अहिले उनिहरुको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचार भईरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै र्‍यालीमा सहभागी विद्यार्थी तथा स्थानियहरुले गाडीमा तोडफोड गरिएकोमा सामान्य क्षेती समेत भएको प्रहरिले जनाएको छ । गाडीलाई ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख