
माघ-२८,बाँके
नेपालगन्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयमा ९ कक्षामा पढ्ने १५ वर्षीया छात्रामाथि घर फर्कंदै गर्दा बलात्कार प्रयास भएको छ । बलात्कार गर्न असफल भएपछि २१ वर्षका युवाले सांघातिक हमला गरेको पीडित परिवारले जनाएको छ । हमताको क्रममा चक्कु देखाएको पिडितको परिवारको भनाइ छ । पीडित बालिकालाई भेरी अस्पतालमा उपचार समेत गरिएको परिवारले जनाएको छ ।
माघ-१६ गते दिउँसो भएको घटना २४ गते छात्राकी आमाले जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी जाहेरी दिएपछि मात्र घटना सार्वजनिक भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँटका प्रहरी निरीक्षक इन्द्रदेव गिरीले पीडित छात्राकी आमाले जबरजस्ती करणी उद्योग र ज्यान मार्ने उद्योगमा किटानी जाहेरीसहित जाहेरी दिएको बताए ।
अभियुक्त फरार रहेकाले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।